काठमाडौ चैत्र ४,
ईरानका राष्ट्रपति मसुद पेजेशकियान देशका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि गरेका छन्। यसअघि Iइजरायलले हवाई हमलामा खातिब मारिएको दाबी गरेको थियो।
यो पनि https://www.jhilkopress.com/?p=1084
राष्ट्रपति पेजेशकियानले सामाजिक सञ्जालमा लेख्दै खातिबसहित अलि लारिजानि सहित अन्य उच्च अधिकारीहरूको “कायरतापूर्ण हत्या” भएको बताएका छन्। यस घटनामा केही परिवारका सदस्य र अन्य व्यक्तिहरू पनि मारिएको जनाइएको छ।
उनले यो घटनाले देश शोकमा डुबेको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र जनताप्रति समवेदना व्यक्त गरेका छन्।
