काठमान्डू चैत्र २८,
हिन्दी सिनेमा र नेपाली गित सगितका समेत दिग्गज गायिका तथा स्वरसम्राज्ञी आशा भोस्ले सम्बन्धी एउटा चिन्ताजनक खबर सार्वजनिक भएको छ, जसले उनका प्रशंसकहरूलाई गहिरो चिन्तामा पारेको छ। ताजा जानकारीअनुसार ९२ वर्षीया चर्चित गायिकालाई शनिबार अचानक कार्डियाक अरेस्ट भएपछि तत्काल अस्पताल भर्ना गरिएको छ।
लोकमत टाइम्स डटकमका अनुसार, ११ अप्रिल शनिबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो। हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ, जहाँ विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको बताइएको छ। समाचारअनुसार उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।
यद्यपि, आशा भोस्लेको स्वास्थ्य अवस्थाबारे परिवार वा अस्पताल प्रशासनका तर्फबाट हालसम्म कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरिएको छैन। खबर बाहिरिएसँगै उनका लाखौँ शुभचिन्तक तथा प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
