काठमाडौ बैशाख २,
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला निजि सचिव बनेका सहसचिव नबराज ढुंगाना राजश्व अनुसन्धान बिभाग प्रमुख बनेर जाने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको भन्सार पास भएर निस्केको ६० किलो सुन समात्ने काम भयो।मोटरसाइकलको ब्रेकसुमा लुकाएर चीनिया गिरोहले ल्याएको यो सुन प्रकरणमा प्रकरणमा जोडिएका दावा छिरिङ लामो समयदेखि फरार रहेका छन् । भदौ २४ मा जेनजी विद्रोह हुँँदा छिरिङ नख्खु कारागारबाट बेपत्ता भएका थिए । उनीसँगै १० जना चिनियाँ तस्कर फरार भएका थिए । जेल तोडेर भागेको लामो समय हुँदा पनि प्रहरीले उनीलाई पक्राउ गर्ने सकेको छैन् । छिरिङ नेपालमै लुकेका छन् वा विदेश भागे त्यसको पनि कुनै अत्तोपत्तो छैन् । कारागार प्रशासनका अधिकारीहरुलाई झिल्कोप्रेसले सम्पर्क गर्दा उनि फरार रहेको प्रतिक्रिया दिएका छन् ।
अनुसन्धानको क्रममा टोखामा सुन पगाल्ने कारखाना समेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्न मेसिन बरामद भयो । २०८० साउन १३ मा चिनियाँ मुलका बेल्जियम नागरिक छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापक थिए । दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरुसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठाएको थियो । एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनुसन्धान गनुपर्ने भन्दै २०८० साउन २० मा सीआईबीले अनुसन्धानको जिम्मा पाएको थियो ।
अनुसन्धानपछि सीआईबीले २०८० भदौ २७ मा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार रुपैयाँ बिगो कायम गर्दै २९ जनाविरुद्ध मुद्वा दायर गरेको थियो । दावा छिरिङ चिनियाँ मूलका बेल्जियन नागरिक हुन । राजनीतिक र प्रशासनिक संरक्षणमा दावाले
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए। दावाले २०७४ पुस २० गते नेपाली नागरिकता लिएको र त्यसमा भने उनको नाम निमा तामाङ राखिएको थियो । दावाले रोल्पा थवाङकी अमला रोकासँग सम्बन्ध अघि बढाएसँगै माओवादी नेताहरूसँग सम्बन्ध बढाएर अपराध कर्ममा संलग्न रहेका थिए । २०७४ साल अघिसम्म माओवादी केन्द्रको रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी उपाध्यक्ष रहँदा रोल्पाको थवाङकी अमला रोका व्यापार गर्ने क्रममा दावासँग नजिकिएकी थिइन् । अमला तत्कालीन माओवादी केन्द्रका नेता, नन्दकिशोर पुन, वर्षमान पुन निकट थिइन । अमला र वर्षमान पुनका भाइ प्रनिस पुन व्यापारिक साझेदार पनि थिए । शक्तिशाली व्यक्तिसँगको हिमचिमका कारण दावालाई आपराधिक काम गर्न सजिलो हुँदै आएको थियो । फाट्टफुट्ट जडीबुटी व्यापार गर्ने क्रममा ठमेलको व्यापारिक वृत्तमा अमलाको चिनजान दावासँग भएको थियो । अमलासँग निकटता बढेसँगै दावा माओवादी केन्द्रका नेताहरूको सम्पर्कमा पुगेको थिए ।
२०७९ साउन ११ गते पनि प्रहरीले भियनामा होटेलमा छापा मारेको थियो । ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, चार सय ७२ वटा मोबाइल, १ लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद गरे पनि उनी भने त्यतिबेला उम्किएका थिए । त्यतिबेला नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने कार्य र ‘लोन’ (ऋण) एपमार्फत अवैध असुली गरेको भन्दै प्रहरीले चिनियाँ गिरोहका संलग्नलाई पक्राउ गरेको थियो । दावाको अपराध भने २०७६ सालमै खुलेको थियो तर पक्राउ पर्न सकेका थिएनन् ।
प्रहरीले काठमाडौँबाट एक सय २२ चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनीमार्फत सुरक्षा निकायले सूचना चुहिएपछि अन्य चिनियाँ फरार रहेको आरोप लागेको थियो । उनी त्यतिबेला पनि नेपाल छाडेर भागेका थिए । त्यतिबेला पनि माओवादी केन्द्रका नेताहरूसँगको राजनीतिक कनेक्सन देखिएपछि अनुसन्धान अघि नबढी टुङ्गिएको थियो । उनी पक्राउ पर्दा माओवादी केन्द्रका नेताहरूको कनेक्सन देखिए अनुसन्धान अघि बढ्ला कि नबढ्ला भन्ने आशङ्का बढेको थियो ।
दावा यस अघि फ्री तिब्बत आन्दोलनमा सहभागी भएको आरोपमा बौद्ध क्षेत्रबाट समेत गिरफ्तार भएका थिए।
