काठमाडौं, ३ वैशाख
गौतम अडानी एशियाका सबैभन्दा धनी व्यक्ति बनेका छन्। उनले मुकेश अम्बानीलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन्।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति ९२.६ अर्ब अमेरिकी डलर पुगेको छ। यस वर्ष मात्र उनको सम्पत्तिमा ८ अर्ब डलरभन्दा बढी वृद्धि भएको छ। यससँगै उनी विश्वका धनीहरूको सूचीमा १९औँ स्थानमा पुगेका छन्।
अर्कोतर्फ, रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीको सम्पत्ति ९०.८ अर्ब डलरमा झरेको छ। यस वर्ष उनको सम्पत्तिमा उल्लेख्य गिरावट आएको देखिएको छ। हाल उनी एशियामा दोस्रो धनी व्यक्तिका रूपमा रहेका छन्।
बिहीबार भारतीय शेयर बजार सामान्य घटे पनि अडानी समूहका कम्पनीहरूको शेयर मूल्य बढ्दा अडानीको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो। सोही अवधिमा अम्बानीको सम्पत्तिमा भने सामान्य वृद्धि मात्र भएको छ।
विश्वका अन्य अर्बपतिहरूमध्ये एलन मस्क अझै पनि पहिलो स्थानमा रहेका छन्। यस वर्ष केही ठूला अर्बपतिहरूको सम्पत्तिमा गिरावट आएको पनि सूचकांकले देखाएको छ।
अम्बानीलाई पछि पार्दै एसियाका एक नम्बर धनी बने गौतम अडानी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
