काठमाडौं बैशाख ३,
नेपालसँग सिमा जोडिएको भारतिय राज्य उत्तर प्रदेशका अबकास प्राप्त डिजीपी विक्रम सिंहले हिमालयन बैंक नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको दाबी गरेपछि बैंकले उक्त आरोपको खण्डन गरेको छ।
हिमालयन बैंकका सूचना अधिकारी सुनिल प्रसाद गोर्खालीले यस्तो दाबीलाई “पूर्ण रूपमा वाहियात, आधारहीन र तथ्यहीन” भन्दै अस्वीकार गरेका छन्।
उनका अनुसार सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा सार्वजनिक भएको आरोपले बैंकको प्रतिष्ठामाथि अनावश्यक आघात पुर्याउने प्रयास भएको छ र यस्ता अभिव्यक्तिमा कुनै प्रमाण तथा आधिकारिक आधार नरहेको बताए।
हालै एक भारतीय पडकास्टमा बोल्दै पूर्व डिजीपी विक्रम सिंहले पाकिस्तानसँग सम्बन्धित नक्कली भारतीय नोटको नेटवर्कमा हिमालयन बैंकको नाम जोड्दै गम्भीर आरोप लगाएका थिए। उक्त अभिव्यक्तिपछि नेपालमा पनि समाचार र सामाजिक सञ्जालमार्फत व्यापक चर्चा भएको थियो।
सूचना अधिकारी गोर्खालीले भने, “बिना प्रमाण कुनै संस्थामाथि यस्ता गम्भीर आरोप लगाउनु गैरजिम्मेवार अभिव्यक्ति हो। हिमालयन बैंक नेपालको प्रतिष्ठित बैंक हो, यसलाई जोडेर गरिएको प्रचार निराधार छ।”
नक्कली भारु कारोबारबारे लगाएको आरोप निराधार : हिमालयन बैंक
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
पूर्व अर्थमन्त्री जनार्दन शर्माको बजेट नीतिप्रति कडा आपत्ति, कर नीति फिर्ता लिन माग
प्रधानमन्त्री बालेन्द्र शाहलाई हर्क साम्पाङको प्रश्न , ´तिम्रो आँखा फुला परेको छ कि कालो चस्माभित्र निदाइराछौ?`
बजेटप्रति टिकराम राईको टिप्पणी , ‘रास्वपाले जनविश्वास गुमाउन सक्छ’
