डडेल्धुरा फागुन २३,
लामो समयदेखि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको राजनीतिक आधार क्षेत्र मानिँदै आएको डडेल्धुरामा यसपटक ठूलो राजनीतिक परिवर्तन देखिएको छ। ३४ वर्षदेखि कायम रहेको कांग्रेसको किल्ला भत्काउँदै ताराप्रसाद जोसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. जोशीले नेपाली कांग्रेसका नैन सिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेका हुन्।
अन्तिम मत परिणामअनुसार डा. जोशीले १९ हजार १३१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी महरले १२ हजार १२१ मत प्राप्त गरे।
यसैगरी प्रतिस्पर्धामा रहेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्र स्नेही ३ हजार २६ मत सहित चौथो स्थानमा रहेका छन्।
डडेल्धुरा लामो समयदेखि देउवाको प्रभाव रहेको क्षेत्र मानिन्थ्यो। तर यसपटक मतदाताले नयाँ राजनीतिक शक्तिप्रति विश्वास व्यक्त गर्दै रास्वपाका उम्मेदवारलाई जिताएका छन्।
देउवाको किल्लामा बज्यो घण्टी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
