काठमाडौ जेठ १३

काभ्रेपलान्चोकको तिमालकोटमा तामाङ राजा रहेको भन्ने दावीलाई पुर्ब जर्नेल प्रेम सिंह बस्नेतले अस्वीकार गरेका छन्।दुई दिन अघि सामाजिक संजालमा लेख्दै उनले  इतिहासलाई तथ्य र अभिलेखका आधारमा मात्रै व्याख्या गर्नुपर्ने बताउँदै उनले तेमाल क्षेत्रमा कुनै स्वतन्त्र राजा नभएको दावी गरेका हुन्।
बस्नेतले नेपालका पुराना अभिलेख, ताम्रापत्र तथा ऐतिहासिक सामग्रीको अध्ययनबाट तिमालकोट नेपाल एकीकरणअघि मकवानपुर का सेन वंशीय राजाको अधीनमा रहेको स्पष्ट हुने बताएका छन्। उनका अनुसार तिमालमा “तामाङ राजा” रहेको भन्ने प्रचार ऐतिहासिक तथ्यभन्दा बढी भ्रम फैलाउने प्रयास हो।


उनले तिमालको प्रशासनिक केन्द्रमा स्थानीय रेन्जिन दोर्जे (रिन्जिन दोर्जे) तामाङलाई “मिझार” को रूपमा नियुक्त गरिएको उल्लेख गरेका छन्। बस्नेतका अनुसार उनी सेन राजाका प्रतिनिधिका रूपमा प्रशासनिक काम गर्ने व्यक्ति थिए, राजा होइनन्।
उनले मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन ले गोर्खाली आक्रमणको पूर्वसन्ध्यामा रेन्जिन दोर्जेलाई जग्गा बक्सिस दिएको ताम्रापत्रसमेत भेटिएको दावी गरेका छन्। उक्त अभिलेखमाथि अनुसन्धान र अध्ययन भइसकेको उनको भनाइ छ।
बस्नेतले पछिल्लो समय केही राजनीतिक र वैचारिक समूहले इतिहासलाई आफ्नो स्वार्थअनुसार व्याख्या गर्ने प्रयास गरेको आरोपसमेत लगाएका छन्। विशेषगरी माओवादी आन्दोलनको समयमा “सबैलाई राज्य र राजा बनाइदिने” जस्ता नाराले जनतालाई भ्रमित बनाएको उनको टिप्पणी छ।
उनले इतिहासलाई तोडमोड गरेर जातीय वा राजनीतिक भावनालाई उचाल्ने कामले समाजमा भ्रम र विभाजन बढाउने चेतावनी दिएका छन्। “इतिहास जस्तो छ, त्यस्तै लेखिनुपर्छ,” भन्दै उनले प्रमाणविहीन दावाबाट टाढा रहन आग्रह गरेका छन्।

बस्नेतले सामाजिक संजालमा लेखेको धारणा 

काभ्रे तिमालकोटमा कोही राजा थिएनन्

१) इतिहास जस्तो होस् ः त्यस्तै लेखिनु पर्छ, यसलाई नास्ने – मास्ने वा कोही कसैको स्वार्थका खातिर आफुखुशी परिमार्जन गर्ने काम गर्नु हुन्न भन्ने लेखकको मत रहिआएको छ ।

२) लेखकले हाल काभ्रेपलान्चोक जिल्लामा पर्ने कोटतिमाल अर्थात् तिमालकोटमा राजा थिएनन् भनेर दावीकासाथ लेख्दै आएको छ । यदाकदा केही लेखकले तिमालमा तामाङ राजा थिए भनेर प्रचार गर्ने र भ्रम श्रृजना गर्ने काम भइरहेको पाइन्छ । नेपालका पुराना अभिलेख केलाउँदा, इतिहास अर्थात् ऐतिहासिक सामग्री केलाउंदा तिमालकोटमा राजा रहेको तथ्य पाउन सकिन्न, यसबारे लेखिएका कुरा मिथ्या हुन् । तिमालकोट नेपाल एकीकरण पूर्व मकवानपुर राज्यका सेन वंशका राजाको राज्यअन्तर्गत भएको तथ्य प्रष्ट छ ।

३) तिमालकोटको मुकाम अर्थात्् गौँडामा स्थानीय रिन्जिन – रेन्जेन दोर्जे (तामाङ) ‘मिझार’ को नियुक्ति पाएर मकवानपुरको सेन राजाले लाए अराएको काम गर्दथे । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनले उनको राज्य गुम्ने अन्तिम दिनहरुमा (गोर्खालीले हमला गर्ने बेलातिर) आफ्ना मिझार रेन्जेन दोर्जेलाई जग्गा बक्सिस दिएको ताम्रापत्र प्राप्त भई सो बारेमा सोध – खोज भई सकेकोे छ । हेर्नुस सो सम्बन्धि अभिलेखहरु।

४) बिसेष गरि माओबादि ले जनता लडाउन लाइ सबैलाई राज्य दिने र राजा बनाउने झुट आस्वासन दिदाको परिणाम हो यो। सोझा नेपालीलाई झुट्टो कुरो सुनायर ठुलो घात गरियको थियो।

प्रेम

There was no king in Kavre Timalkot

1. History should be written as it is: The author believes that history should not be destroyed or distorted arbitrarily for anyone’s selfish interest.

2. The author confidently writes that there was no king in Kot Timal or Timal kot, which is in Kavrepalanchok district. Occasionally, some writers and political leaders spread misinformation claiming that there was a Tamang king in Timal, creating confusion. Upon examining Nepal’s old records and historical materials, there is no evidence of a king in Timalkot; such claims are false. It is clear that Timalkot was under the rule of the Sen dynasty king of Makwanpur before Nepal’s unification.

3. In Timalkot’s administrative center, village , the local Rinjin or Renzen Dorje (Tamang) ‘Mijhar’ was appointed by the Sen king of Makwanpur to carry out administrative tasks. The last king of Makwanpur, Digbandhan Sen, in the last days before losing his kingdom (when the Gorkhalis attacked), granted land to his Mijhar Renzen Dorje through a copper plate inscription. This has been researched and verified through records. See related historical documents.

4. Especially, Maoists deceived the public by promising kingships and states to everyone to win support during their insurgency . This was a great betrayal of the simple Nepali people by spreading falsehoods.

Prem