काठमाडौं जेठ ५
´एउटा इनर्जी ड्रिन्क छ। त्यसको विज्ञापनले मेरो आँखा ट्याइसक्यो। देख्ने व्यत्तिकै वाक्क आइसक्यो`। डा बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीका विद्यार्थी नेता रहेका रुप नारायण श्रेष्ठले लेखेको स्टाटस हो यो।
उनि उदाहरण मात्रै हुन् सबैलाई वाक्क लाग्ने बिज्ञापन आतंकबारे झिल्कोप्रेसले काठमाडौ महानगरका सूचना अधिकारीलाई प्रश्न गरेका थियौं उनले यस्तो जबाफ दिए ´मलाई जानकारी छैन मेयरसाप बाहिर जानुभएको छ त्यसपछि मात्रै भन्न सक्छु`।हामीले गुणस्तर बिभागमा पनि सम्पर्क गर्यौ तर सूचना अधिकारीले खाजा खाना आएको एकछिन पछि जानकारी गराउँछु मात्रै भने ।
एक्सट्रीम इनर्जी ड्रिंक भन्दै आजभोलि व्यापक प्रचार र बजार आतंक सुरु गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा त्यसको प्रवेशद्वारदेखि नै मानिसलाई मानौं नेपाल नै एक्सट्रीमको छायाछत्र हो जसरी प्रभाव पारिएको छ।
आफ्नै देशका मौलिक पेय पदार्थलाई वास्ता नगरी एक्सट्रीमलाई यसरी बजार आतंक गर्न छुट दिन नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मात्र होइन, केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरूकै मिलिभगत त छैन? भन्ने प्रश्न समेत खडा भएको छ। हरेक सडक, चोक, गल्ली, रेस्टुरेन्ट, होटल, भट्टी र चिया पसल यसको होर्डिङ बोर्डले सजिएका छन्।
होर्डिङ प्रचारमै अर्बौं खर्च गरिरहेको र मिडियामा समेत उत्तिकै खर्च गरिरहेको छ। एक्सट्रीमको उत्पादन मापदण्ड, कम्पनीको विश्वसनीयता, विदेशी कम्पनीसँगको आवद्धता, प्रयोगमा ल्याइएको केमिकल र सम्पुर्ण गुणस्तरबारे न कसैलाई जानकारी छ, न सरकारी निकायले यसको जानकारी दिन आवश्यक ठानेको छ।
यस्ता इनर्जी ड्रिंक कार्बोनेटेड इनर्जी ड्रिंक हो। यो तत्काल ऊर्जा आवश्यकताका लागि भन्दै बनेको हो।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार यसले तत्काल स्फूर्ति प्रदान गर्ने भनिए पनि अन्ततः यसको सेवन स्वास्थ्यको लागि हानिकारक हुनसक्छ। क्याफिनको मात्रा बढी हुने भएकाले यसलाई धेरै मात्रामा पिउनु हानिकारक हुन्छ।
तर यसको प्रचार गर्दा कुनै स्वास्थ चेतावनी समेटिएको छैन। त्यसैले यसको प्रचार आतंकमा ठुलै रकमको चलखेल र माथिसम्मको मिलिभगतको आशंका गरिएको हो।
यसैबीच हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अनुपयुक्त भएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।
विभागले बजार अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त उत्पादनमा रोक लगाएको हो।
प्रयोगशालामा गरिएको परीक्षण क्रममा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरूको उपस्थिति मापदण्डभन्दा बढी भेटिएको छ।
एक्सट्रीम पनि यस्तै हानिकारक त छैन? सबैतिर प्रश्न उठेको छ।तर राज्य मौन छ।
