सिन्धुली,जेठ १०
सुनकोशी गाउँपालिका–४ र ५ अन्तर्गत लखनपुर क्षेत्रस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा दुई युवकको डुबेर मृत्यु भएको छ।
स्थानीय राजनीति कार्यकर्ता दुधराज पुलामीका अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–४ निवासी रजनी पुलामी मगरका ९ वर्षीय छोरा सफल पुलामी मगर तथा बन्दीपुरका २० वर्षीय युनिस विक रहेका छन्। उनीहरू नदीमा पौडी खेल्ने क्रममा डुबेको बताइएको छ।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य गरिएको थियो। दुवै जनाको शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
क
