काठमाडौं जेठ ४
बामपंथी नेता हरिबोल गजुरेलले विगतको वाम एकता र अहिले फेरि उठाइएको कम्युनिस्ट एकताको बहसबारे कडा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत २०७४ सालको वामगठबन्धन र त्यसपछिको पार्टी एकतामाथि प्रश्न उठाउँदै अहिलेको एकताको बहसलाई “हास्यास्पद” भएको बताएका हुन्।
गजुरेलले २०७४ सालमा वामगठबन्धनले संघीय संसदमा दुईतिहाइ बहुमत हाँसिल गरेपछि आलोपालो प्रधानमन्त्री हुने “गोप्य सहमति” का आधारमा पार्टी एकता गरिएको दाबी गरेका छन्। उनका अनुसार त्यही प्रक्रियाले अन्ततः देश र कम्युनिस्ट आन्दोलन दुवैलाई दुर्घटनातर्फ पुर्‍यायो।
उनले त्यसबेला पार्टी फुटबाट जोगाउन र सरकारलाई पाँच वर्ष टिकाउन प्रयास गरिएको भए पनि उल्टै भ्रम फैलाइएको उल्लेख गरेका छन्। अहिले पार्टी र जनताबाट अलगथलग परेका नेताहरूले पुनः एकताका नाममा कार्यकर्ता र जनतालाई भ्रमित गर्न खोजिरहेको आरोप पनि उनले लगाएका छन्।
गजुरेलले वर्तमान संकटको समाधान असफल नेतृत्वले आत्मालोचना गर्दै राजीनामा दिनु भएको बताएका छन्। साथै, सबै पार्टीभित्र रहेका “सापेक्षिक क्रान्तिकारी शक्तिहरू” एकजुट भएर वृहद् वाम ध्रुवीकरण र सिद्धान्तनिष्ठ पार्टी एकताका लागि अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले आफ्नो टिप्पणीको अन्त्यमा “कुबाटो होइन, क्रान्तिकारी एकताको मूलबाटो समातौँ” भन्दै अहिलेको राजनीतिक दिशामाथि पुनर्विचार गर्न आग्रह गरेका