काठमाडौं, जेठ २९

प्रगतिशील लोकतान्त्रिक पार्टीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ बुल्चोकमा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी प्रेस प्रेस नोटका अनुसार  दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्रेस नोटमा  दुर्घटनापछि उद्धार तथा उपचार कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा सहयोगीहरूप्रति पार्टीले आभार व्यक्त गरेको छ। घाइतेहरूको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह समेत गरिएको छ।
पार्टीले यस्ता दुःखद घटनाको पुनरावृत्ति रोक्न सडक सुरक्षा, सवारी व्यवस्थापन तथा यातायात सेवाको प्रभावकारी अनुगमन र नियमनमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।
साथै, दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न तथा आवश्यक सुधारका कदम तत्काल अघि बढाउन सम्बन्धित निकायसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ।