काठमाडौ जेठ २
नेकपा (एमाले)का नेता एबम पुर्ब संचार मन्त्री गोकुल बास्कोटाले प्रचण्ड माधब नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र आफ्नो पार्टी नेकपा एमाले बीच एकताको बहसप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा शनिबार बिहान स्टाटस लेख्दै उनले पुराना सम्बन्ध टुटिसकेपछि पुनः जोड्ने प्रयासको औचित्यमाथि प्रश्न उठाएका हुन्।

बास्कोटाले चर्चित गायक अरुण थापाको भावनात्मक गीतका हरफ सापटी लिँदै लेखेका छन्, “मिल्नु थियो भने पहिलेकै मिलन तोड्नु पर्ने थियो र? आँखा तरी हिड्नु पर्ने थियो र? बुझ्नेले कुरा नबुझे पछि … ? फुटेको हाँडी जोड्नुको के अर्थ छ र?”
उनले अन्त्यमा “अरुण थापाको गीत गाऊ, खुसी होऊ अब। गुड मर्निङ एभ्रीबडी टु अल!” भन्दै कटाक्षपूर्ण शैलीमा स्टाटस टुंग्याएका छन्।
