काठमाडौं, जेठ १५ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका अध्यक्ष एबम सांसद हर्क साम्पाङ बीच सामाजिक सञ्जालमा सार्वजनिक रूपमा जुहारी चलेको छ।
संघीय बजेटका विषयमा बालेनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेपछि हर्क साम्पाङले त्यसको प्रतिवाद गरेका हुन्। बालेनले आफ्नो स्टाटसमा जनताले निर्वाचित गरेर संसदमा पठाएका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका आवश्यकताबारे बजेटमा आवाज उठाउनुपर्ने उल्लेख गरेका थिए। उनले सरकारलाई सांसदहरूले दिएका सुझावहरू बजेटमा समेटिएको दाबी गर्दै आलोचकहरूलाई रचनात्मक सुझाव दिन आग्रह गरेका थिए।
बालेनको उक्त अभिव्यक्तिपछि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कडा टिप्पणी गरे। उनले २७ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझाएको पत्रको स्मरण गराउँदै आफूले उठाएका विषयहरू बेवास्ता गरिएको आरोप लगाए। साम्पाङले आफ्नो स्टाटसमा “२७ बुँदामा लेखेर दिएको पत्र नदेख्ने तिम्रो आँखा फुला परेको छ कि कालो चस्माभित्र निदाइराछौ?” भन्दै प्रश्न गरेका छन्।
साम्पाङले प्रधानमन्त्रीलाई आफूले खोज्दै हिँड्नुपर्ने कि प्रधानमन्त्रीले जनताका आवाज सुन्नुपर्ने भन्ने प्रश्न समेत उठाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहलाई हर्क साम्पाङको प्रश्न , ´तिम्रो आँखा फुला परेको छ कि कालो चस्माभित्र निदाइराछौ?`

