नुवाकोट फागुन ११,

जिल्लाको शिवपुरी–५ स्थित कुखुरे भन्ने स्थानमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। स्थानीयका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्नाङबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–००१ ज ७७७ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो।दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको र अन्य ९ जना घाइते भएको जानकारी प्राप्त भएको छ।