चितवन फागुन २२,

प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर भन्दा बढी मतले अग्रता कायम गरेकी छन्।
साँझ ७:३० बजेसम्मको मतगणनाको पछिल्लो विवरणअनुसार गौतमाले १७ हजार ८५१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी रेणु दाहालले ८ हजार ३७ मत ल्याएकी छन्।
त्यस्तै, अर्का उम्मेदवार नेपाली काङ्ग्रेसका टेक प्रसाद गुरुङले हालसम्म २ हजार १३९ मत प्राप्त गरेका छन्।
हालको परिणामअनुसार सोबिता गौतमाले प्रतिस्पर्धी रेणु दाहालभन्दा करिब ९ हजार मतको फराकिलो अग्रता बनाएकी छन्। मतगणना अझै जारी रहेकोले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।