
काठमाडौ फागुन २६,
नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वले राजीनामा दिनुभन्दा जिम्मेवारी पूरा गर्दै छिटो अधिवेशनतर्फ जानुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा अनुसार अहिलेको अवस्थामा नेतृत्वबाट भाग्ने होइन, पार्टीलाई संकटबाट निकाल्ने जिम्मेवारी निर्वाह गर्ने समय आएको बताएका हुन्।
उनले पार्टीको अधिवेशनका लागि बनेको चुनाव नियमित प्रक्रिया अनुसार नभएको भन्दै यस्तो अवस्थामा गगन कुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हुने उल्लेख गरेका छन्।
उनका अनुसार अहिलेको अवस्थामा नेपाली काङ्ग्रेसलाई जोगाउनु आफैंमा एक महत्वपूर्ण नैतिक दायित्व हो। उनले अहिलेको कटु यथार्थतर्फ संकेत गर्दै युवाहरू क्रमशः कांग्रेसबाट टाढिँदै गएको अवस्था रहेको बताएका छन्।
“यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,” उनले लेखेका छन्।
डा. भण्डारीले नेपाली राजनीतिमा नैतिकताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्न आवश्यक रहेको बताएका छन्। समस्या देखेर भाग्ने होइन, उपचार गरेर संगठनलाई जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य भएको उनको भनाइ छ।
उनले इच्छाशक्ति र साहस भएमा नेपाली कांग्रेसलाई पुनः बलियो बनाउने सम्भावना अझै जीवित रहेको उल्लेख गरेका छन् ।
गगन थापालाई डा. चन्द्र भण्डारीको सुझाव सभापतिबाट राजीनामा गर्नुपर्दैन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
