काठमाडौ फागुन २५,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोन संवाद गरेपछि सामाजिक सञ्जाल एक्स (Twitter) मा नेपाली भाषामै सन्देश लेख्दै उनीहरूको निर्वाचन जितप्रति बधाई व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले रास्वपाको निर्वाचन सफलतालाई उल्लेख गर्दै रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग सौहार्दपूर्ण टेलिफोन संवाद भएको बताएका छन्।
मोदीले आफ्नो सन्देशमा लेखेका छन् कि उनले दुवै नेतालाई निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाले हासिल गरेको शानदार सफलताका लागि बधाई दिएका छन्। साथै आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारतले नेपाल
सँग आपसी समृद्धि, प्रगति र जनहितका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन्।
रवि र बालेनसँग फोन वार्ता पछि मोदीले एक्समा नेपालीमै के लेखे?
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।