
बेइजिङ२७ फागुन ,
चीनले सन् २०२६ का लागि आफ्नो रक्षा बजेट १.९४ ट्रिलियन युआन (करिब २८१ अर्ब अमेरिकी डलर) निर्धारण गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले बढी हो।
चीनको संसद् राष्ट्रिय जन काङ्ग्रेसको चौंथो अधिवेशनमा जनमुक्ति सेना प्रतिनिधिमण्डलका प्रवक्ता झाङ सियाओगाङले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार कुल बजेटमध्ये १.९१ ट्रिलियन युआन केन्द्रीय सरकारको हिस्सा हुनेछ। चीनले राष्ट्रिय सुरक्षा, सैन्य आधुनिकीकरण र नयाँ प्रविधियुक्त युद्ध क्षमता विकासका लागि रक्षा खर्च बढाएको जनाएको छ।
चीनले सन् २०२७ मा जनमुक्ति सेनाको शतवार्षिकीसम्म विश्वस्तरीय सेना निर्माण गर्ने लक्ष्य राखेको छ।
