भेनेजुएलाको राजधानी काराकास मा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प आएका छन्। पहिलो भूकम्प ७.२ रेक्टर स्केलको थियो भने दोस्रो भूकम्प ७.५ रेक्टर स्केलको थियो।
यी भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन् र मानिसहरू घरबाट बाहिर निस्केर सडकमा आएका छन्। भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलो ले नागरिकहरूलाई आफ्ना घर खाली गर्न आग्रह गरेका छन्।
यस घटनामा ठूलो मानवीय क्षति र व्यापक भौतिक नोक्सानी भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार मृतकको संख्या १० हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
भूकम्प आएको समयमा भेनेजुएलामा राष्ट्रिय बिदा मनाइँदै थियो, त्यसैले धेरै मानिसहरू आफ्ना घरमै रहेको सम्भावना छ। भूकम्प स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा आएको थियो।
भेनेजुएलामा शक्तिशाली भुकम्प
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।