काठमाडौं चैत्र ४,
एमाले अध्यक्ष केपी शर्मा ओलीले समाज नकारात्मक दिशातर्फ गएकोले अब बिचलन आउँछ भन्दै टिप्पणी गरेलगत्तै एमालेका अर्का नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत खाबो नचिथोर्न अपिल गरेका छन् । उनले नयाँ सरकारलाई कम्तीमा तीन महिना काम गर्न दिने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।
बस्कोटाले आफ्नो स्टाटसमा लेखेका छन्, “रास्वपाले चुनाव जित्यो, कसरी चलाउँछन् त्यो उनीहरुकै कुरा हो। नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।” उनले जनताको निर्णयलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै अहिलेको जनमतलाई स्वीकार गर्नुपर्ने धारणा राखेका छन्।

उनले थपेका छन्, “जनता साझा थिए, छन् र हुने नै छन्। फरक यत्ति हो कि यसपटक आम जनताको रोजाइ उनीहरूमा परेको हो, अझ भनौँ उनीहरूको बाचा जनताले पत्याए।” यससँगै उनले अनावश्यक आलोचना र ‘खाँबो चिथोर्ने’ प्रवृत्ति रोक्नुपर्ने संकेत गरेका छन्।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।