काठमाडौं बैशाख ८
बिबादास्पद गृहमन्त्री सुधन गुरुङको राजीनामाको चर्चाबीच नेकपा (एमाले)का सचिव महेश बस्नेतले व्यवसायी दिपक भट्टसँग जोडिएको प्रकरणलाई लिएर गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले दिपक भट्टको नाम जोडेर केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई बदनाम गर्न खोजिएको दाबी गरेका छन्। उनले ती नेताहरूसँग प्रत्यक्ष सम्बन्ध पुष्टि नभएको उल्लेख गरेका छन्।
बस्नेतका अनुसार अनुसन्धानका क्रममा भट्टको सम्बन्ध वर्तमान गृहमन्त्री सुदन गुरुङसँग रहेको र २५ लाख रुपैयाँ बराबरको शेयर साझेदारी भएको तथ्य बाहिरिएको दाबी गरिएको छ। साथै, कार्की आयोगका सदस्य बिज्ञान राज शर्माको नाममा १० लाख रुपैयाँ बराबरको शेयर रहेको पनि उनले उल्लेख गरेका छन्।
उनले दिपक भट्ट दोषी छन् वा छैनन् भन्ने विषय अदालतले टुंग्याउने भए पनि गृहमन्त्रीले भने नैतिकताको आधारमा राजीनामा दिई छानबिनमा सहयोग गर्नुपर्ने बताएका छन्। “निष्पक्ष छानबिनका लागि पदबाट अलग हुनु आवश्यक हुन्छ,” बस्नेतको भनाइ छ।
बस्नेतले गृहमन्त्रीले राजीनामा नदिए थप प्रमाण सार्वजनिक हुन सक्ने संकेत पनि गरेका छन्।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।