काठमाडौ चैत्र २,
बिबिसी हिन्दीका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचिले पाकिस्तानलाई “धन्यवाद” दिएका छन्। उनले भनेका छन् कि पाकिस्तान सरकारले अमेरिका–इजरायलको सैन्य कारबाहीविरुद्ध इरानप्रति समर्थन देखाएको छ।
अराघचीले सामाजिक सञ्जाल एक्समा उर्दू भाषामा लेख्दै भने,
“पाकिस्तानको सरकार र जनतालाई धन्यवाद दिन चाहन्छु, जसले इरानका जनता र सरकारसँग अमेरिका र जायोनी शासनको कारबाहीविरुद्ध बलियो ऐक्यबद्धता र समर्थन देखाएका छन्।”
उनले थप लेखेका छन्,
“इरान आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढता र धैर्यका साथ उभिएको छ र पूर्ण रूपमा अल्लाहमाथि भरोसा गरेको छ।”
इरानका विदेशमन्त्री अराघचीको यो प्रतिक्रिया मध्यपूर्वमा जारी तनावको बीचमा आएको हो। यो द्वन्द्व २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाबाट सुरु भएको बताइएको छ।
ती हमलामा इरानका सर्वोच्च नेता अलि खामेनेइको पनि मृत्यु भएको दाबी गरिएको छ। त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य ठेगाना र इजरायललाई निशाना बनाएको बताइएको छ।
इरानी बिदेश मन्त्रीले किन दिए पाकिस्तानलाई धन्यवाद ?
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
