काठमाण्डु चैत्र २९,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिख्यात गायिका आशा भोसलेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै मोदीले आशा भोसले भारतले पाएको सबैभन्दा महान्, बहुआयामिक र कालजयी स्वरमध्येकी एक भएको बताएका छन्।

मोदीले आशा भोसलेको दशकौँ लामो सांगीतिक यात्राले भारतीय सांस्कृतिक विरासतलाई समृद्ध बनाउनुका साथै विश्वभरका करोडौँ संगीतप्रेमीको मन छोएको उल्लेख गरेका छन्।
उनले “आशा भोसलेका भावपूर्ण गीत हुन् वा ऊर्जावान प्रस्तुति, उनको स्वरमा अद्वितीय चमक र कालजयी प्रभाव थियो,” भन्दै उनको योगदान संगीत क्षेत्रमा अतुलनीय रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले आशा भोसलेसँग भएका आफ्ना भेटघाट सधैँ स्मरणमा रहने उल्लेख गर्दै उनको स्वर पुस्तौँसम्म गुञ्जिरहने बताएका छन्।
मोदीले शोक व्यक्त गर्दै आशा भोसलेको परिवार, प्रशंसक तथा सम्पूर्ण संगीतप्रेमीप्रति समवेदना प्रकट गरेका छन्।
मोदीले लेखेका छन् ‘आशा भोसले शारीरिक रूपमा हामीमाझ नरहे पनि उनका गीत र सम्झना सदैव जीवित रहनेछन्,’
