काठमाडौं जेठ २९ नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, पार्टी सञ्चालन शैली र नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै वरिष्ठ नेता झलनाथ खनाल ले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ पृष्ठ लामो सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएका छन्।
पत्रमा खनालले पार्टीभित्र देखिएका वैचारिक, राजनीतिक तथा संगठनात्मक कमजोरीहरूको विस्तृत समीक्षा गर्दै पार्टीको भविष्य, नेतृत्वको कार्यशैली र समाजवादी रूपान्तरणको दिशाबारे गम्भीर प्रश्न उठाएका छन्। उनले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भएको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म संगठनात्मक एकीकरण हुन नसकेको उल्लेख गरेका छन्।
खनालका अनुसार स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म संगठनात्मक समायोजन प्रक्रिया अधुरो छ। यसले कार्यकर्ताबीच अन्योल, निराशा र असन्तुष्टि बढाएको छ। लामो समयदेखि पार्टीमा सक्रिय नेता–कार्यकर्ताले उचित जिम्मेवारी र भूमिका नपाउँदा संगठनभित्र पलायनको प्रवृत्ति बढिरहेको तथा त्यसले पार्टीलाई कमजोर बनाइरहेको उनको निष्कर्ष छ।
पत्रमा उनले पार्टी नेतृत्वले समयानुकूल नयाँ कार्यदिशा, स्पष्ट राजनीतिक रणनीति र प्रभावकारी संगठनात्मक योजना निर्माण गर्न नसकेको आरोपसमेत लगाएका छन्। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले समाजवादी रूपान्तरणको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसके जनाधार थप खुम्चिने र संगठनात्मक संकट अझ गहिरिने चेतावनी उनले दिएका छन्।
स्रोतका अनुसार खनालले पत्रमा पार्टी पुनर्गठन, कार्यकर्ता परिचालन, संगठन सुदृढीकरण, वैचारिक स्पष्टता, नेतृत्वको कार्यशैली सुधार तथा महाधिवेशनको तयारीसँग सम्बन्धित विभिन्न सुझाव समेटेका छन्।
विशेषगरी हालै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको निराशाजनक पराजय, सात महिनासम्म पनि एकीकरण प्रक्रिया टुंगोमा नपुग्नु तथा समाजवादी आन्दोलनलाई स्पष्ट दिशा दिन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै खनालले नेतृत्व हस्तान्तरणको बहससमेत अघि सारेका छन्। उनले पार्टीलाई समाजवादी मार्गमा दृढतापूर्वक अघि बढाउन र महाधिवेशनको वातावरण निर्माण गर्न संयोजक प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपाल ले मार्गप्रशस्त गर्नुपर्ने धारणा पत्रमार्फत राखेको स्रोतको दाबी छ।
प्रचण्ड–नेपाललाई मार्गप्रशस्त गर्न झलनाथ खनालको माग
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
दलाल र खुराफातीले प्रचण्डलाई प्यारालाइज्ड बनाए” : भुमे गाउँपालिका अध्यक्ष श्रेष्ठ
हरिबोल गजुरेलको प्रश्न! बीपी र पुष्पलालको नाममा राजनीति गर्ने जिन्दगी चाहिँ बिलासी जिउने?
बाम, लोकतान्त्रिक र समाजवादी आन्दोलन पुनर्गठन अभियानमा सहभागी हुन आह्वान
लेखक यादव देवकोटाले किन बहिष्कार गरे गोल्डस्टार जुत्ता?
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।