काठमाडौं चैत्र १,
प्रचण्ड माधब समुहको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ चयन हुने सांसदहरूको नामावली टुंगो लगाएको छ।
पार्टीले सार्वजनिक गरेको नामावलीअनुसार खस–आर्य समूहबाट प्रमेश हमाल र बलावती शर्मा चयन भएका छन्।
आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा समानुपातिक सांसदका रूपमा छनोट भएका छन्।
त्यस्तै अपांगता समूहबाट प्रेम बयक चयन भएका छन्।
मधेसी समूहबाट जोगकुमार बर्बरिया यादवलाई समानुपातिक सांसदका रूपमा चयन गरिएको छ।
दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा चयन भएका छन् भने थारु समुदायबाट निराशा चौधरी डगौरा समानुपातिक सांसदका रूपमा चयन भएकी छन्।
