काठमाडौ चैत्र ५,
गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका हुन्।
थापा विशेष महाधिवेशनबाट काङ्ग्रेस सभापति बनेका थिए।पार्टी र आफू समेत निर्वाचनमा हार बेहोरेपछि उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको थियो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिएका हुन्। यसपटक उनी सर्लाही–४ बाट उम्मेदवार बनेका थिए तर पराजित भए।
राजीनामाबारे अन्तिम निर्णय कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ, जुन शुक्रबार बस्ने तय भएको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।