काठमाण्डु चैत्र २३,
भारतीय न्युज च्यानल आजतकका अनुसार भारतको बिहार राज्यअन्तर्गत पटना जिल्लामा नक्कली भन्सार अधिकारी बनेर लुटेराहरूले दुई जना सुन व्यवसायीबाट करिब १५ किलो सुन ठगी गरेका छन्।
यो घटना पटना को खगौल क्षेत्र मा भएको हो।
प्राप्त जानकारीअनुसार, गुजरातको राजकोट बाट आएका दुई जना सुन व्यवसायी अहमदाबाद–सहरसा एक्सप्रेस रेलमार्फत दानापुर स्टेशन पुगेका थिए।
उनीहरू सुन बोकेर पटना को बाकरगंज तर्फ जाँदै थिए।
स्टेशनबाट बाहिरिएपछि उनीहरू अटो चढेर गन्तव्यतर्फ जाँदै गरेका बेला खगौल थाना क्षेत्रको आरओबी नजिक घाट लगाएर बसेका लुटेराहरुले उनीहरूको बाटो रोकेका थिए।
लुटेराहरुले आफूलाई भन्सार विभागका कर्मचारी भनेर चिनाउँदै जाँच गर्नुपर्ने बताएका थिए।
त्यसपछि उनीहरूले सुन राखिएको झोला आफ्नो नियन्त्रणमा लिएर घटनास्थलबाट फरार भएका थिए।
पीडित व्यवसायीहरूले आफूहरू ठगिएको थाहा पाएपछि खगौल प्रहरी थानामा उजुरी दिएका छन्।
अनुसन्धानका लागि विशेष टोली गठन
घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।
प्रहरीले वारदातमा प्रयोग गरिएको एउटा कार र एउटा मोटरसाइकल बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा ती दुवै चोरीका सवारीसाधन भएको खुलेको छ।
दानापुरका एएसपी शिवम धाकड़ का अनुसार,
लुटेराहरुको पहिचानका लागि सीसीटीभी फुटेज जाँच भइरहेको छ भने प्राविधिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले नौबतपुर क्षेत्रबाट एउटा सन्दिग्ध झोला समेत बरामद गरेको छ। उक्त झोलाको जाँच भइरहेको छ।
साथै फरेन्सिक टोली लाई बोलाएर घटनास्थलबाट थप प्रमाण संकलन गर्ने काम भइरहेको जनाइएको छ।
फिल्मी शैलीमा १५ किलो सुन लुटेरा फरार
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
