काठमाडौं, चैत २२ ,

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले पदबाट राजीनामा दिएका छन्।
आम निर्वाचन २०८२ मा पार्टीले व्यहोरेको ऐतिहासिक हार र शून्य सिटको नैतिक जिम्मेवारी लिँदै शर्माले सार्वजनिक रूपमा राजीनामा घोषणा गरेका हुन्।
शर्माले २०६२/०६३ को मधेस जनविद्रोहको जगमा बनेको ५२ सिटको पार्टी शून्यमा झर्नु सामान्य हार नभएको उल्लेख गरेका छन्। उनले यसलाई “हाम्रो सामूहिक अयोग्यता र अक्षमता” को परिणाम बताएका छन्।
राजीनामासँगै शर्माले आफूलाई जिम्मेवारी दिएकोमा अध्यक्ष उपेन्द्र यादवप्रति आभार समेत व्यक्त गरेका छन्।