काठमाडौ बैशाख ११

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम बिस्तारित बैठक राजधानीमा शुरु भएको छ।भाद्र २३ र २४ को बिद्रोह पछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनमा लज्जास्पद पराजय भोगेको थियो।देशभर जम्मा २४ हजार भोट ल्याएको उक्त पार्टीको निर्वाचन पछि पहिलो बैठक शुरु भएको हो।

पाँच जना अध्यक्ष परिषद रहेको प्रलोपामा एक अध्यक्ष सुदन किरातीले भने साधारण सदस्य समेत नरहने गरि राजीनामा गरेर हिडिसकेका छन् ।उनी हर्क साम्पङको नेतृत्वमा रहेको पार्टी श्रम संस्कृती पार्टीमा जाने तयारीमा रहेको चर्चा छ।