काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।
बी.पी. स्मृति भवन, ललितपुरमा बसेको समितिको बैठकले अनुशासन उल्लंघनसम्बन्धी उजुरीमाथि प्रारम्भिक अध्ययन गर्दा थप अनुसन्धान आवश्यक देखिएको भन्दै तामाङलाई हालका लागि जिल्ला सभापति पदमा रही काम गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो।

समितिका अनुसार तामाङले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण पेश गरेका थिए। तर उक्त स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्ने जनाइएको छ। सो अवधिसम्मका लागि उनी पदमा बस्न अयोग्य रहने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कान्छारामले सभापति गगन थापासँग तीन अर्ब पैसा रहेको गम्भीर आरोप लगाएको भिडियो केही दिन पहिले भाइरल भएको थियो।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।