काठमाडौं असार ४
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले हालै जारी गरेको विज्ञप्तिप्रति नेपाली सेनाका पूर्वउपरथी (पूर्वजर्नेल) प्रेम सिंह बस्न्यातले कडा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पापडसँग आबद्ध विभिन्न पेशागत संगठनहरूलाई “पठित–अपठित लुटेराहरूको झुन्ड” को संज्ञा दिएका छन्।

  1. बस्न्यातको स्टाटस


बस्न्यातले पापडको विज्ञप्तिलाई लक्षित गर्दै देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताको विषय ओझेलमा पारेर अधिकार र स्वतन्त्रताको नाममा राजनीति भइरहेको आरोप लगाएका छन्। उनले प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउबा लगायत पुराना राजनीतिक नेतृत्वसँग निकट रहेर विभिन्न संगठनहरूले देश दोहनमा भूमिका खेलेको दाबी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, “विभिन्न संगठनका नाममा देश लुट्ने र नेताहरूलाई भेटी चढाउने पठित–अपठित लुटेराहरूको झुन्ड अब बदलिनुपर्छ। पहिला सुशासन देऊ, भ्रष्टाचार उन्मूलन गर, अनि मात्र अधिकारका कुरा गर।”
पूर्वजर्नेल बस्न्यातले सम्पत्ति विवरण नबुझाउने जोसुकै व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने माग पनि गरेका छन्। प्रधानन्यायाधीशदेखि मन्त्री, जर्नेल, नेता र कर्मचारीसम्म कसैलाई पनि कानुनभन्दा माथि राख्न नहुने उनको भनाइ छ।
पापडले आफ्नो विज्ञप्तिमार्फत लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता, नागरिक अधिकार तथा न्यायपालिकाको स्वतन्त्रताको पक्षमा आवाज उठाएको थियो। तर बस्न्यातले यस्ता मुद्दा उठाउने संगठनहरू आफैं राजनीतिक संरक्षण र स्वार्थ समूहको प्रभावमा रहेको आरोप लगाएका छन्।
पापडले जारी गरेको बिज्ञप्तिप्ति