
काठमाडौ फागुन १७,टाटा मोटर्सका लागि फेब्रुअरी २०२६ निकै सफल रह्यो। कम्पनीले वार्षिक करिब ५७% वृद्धि गर्दै कुल ६३,३३१ कार बिक्री गर्यो र यसले हुन्डइ मोटर इन्डिया र महिन्द्रा & महिन्द्रा लाई पछाडि पार्यो। यस उपलब्धिसँगै टाटा मोटर्स भारतीय बजारमा मारुती सुजुकी पछि दोस्रो ठूलो कार कम्पनी बन्न सफल भयो।
फेब्रुअरीमा बिक्रीको विवरण
फेब्रुअरी २०२६ का २८ दिनमा टाटा मोटर्सले घरेलु बजारमा ६२,३२९ कार बिक्री गर्यो, जुन गत वर्षको सोही महिनाको ४६,४३५ युनिट भन्दा करिब ३५% बढी हो।
यस अवधिमा कम्पनीले १००२ कार निर्यात गर्यो, जसमा वार्षिक रूपमा १६७% वृद्धि देखियो।
इलेक्ट्रिक कारमा तीव्र वृद्धि
टाटाले फेब्रुअरीमा ८,३८५ इलेक्ट्रिक कार बेचेको जनाएको छ, जुन गत वर्षको ५,३४३ युनिटको तुलनामा ५७% वृद्धि हो। कुल बिक्री संख्या ६३,३३१ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको ४६,८११ युनिटभन्दा धेरै हो।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।