इ
नेपालको संसदीय निर्वाचनमा ठूलो राजनीतिक उलटफेर देखिन थालेको छ। मार्च ५ मा सम्पन्न मतदानपछि सुरु भएको प्रारम्भिक मतगणनामा बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड बहुमततर्फ अघि बढिरहेको देखिएको छ। यससँगै बालेन साह नेपालका प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै मानिएको छ, जसले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्ने बताइएको छ।
मतगणनाका प्रारम्भिक तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै १३८ सिटको बहुमत नजिक पुग्ने अवस्थामा देखिएको छ। नेपालमा तीन दशकदेखि चलिरहेको राजनीतिक अस्थिरता र पुराना दलहरूको कमजोर प्रदर्शनका कारण यस्तो ऐतिहासिक परिवर्तन सम्भव भएको विश्लेषण गरिएको छ।
धेरै क्षेत्रमा आरएसपीको अग्रता
प्रारम्भिक मतगणनाको रुझानअनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष सिटमध्ये धेरै क्षेत्रमा आरएसपीका उम्मेदवारहरू अग्रस्थानमा छन्। विशेषगरी झापा–५ निर्वाचन क्षेत्रमा बालेन शाहले पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीलाई ठूलो मतान्तरले पछि पारिरहेको बताइएको छ।
ओली नेतृत्वको नेकपा एमालेका धेरै शीर्ष नेताहरू पछाडि परेका छन् भने करिब चार उम्मेदवार मात्र अग्रतामा देखिएका छन्। ओलीले उक्त अग्रता उल्टाउने सम्भावना कम देखिएको बताइएको छ।
नेपाली कांग्रेसको कमजोर प्रदर्शन
नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेसको प्रदर्शन पनि निराशाजनक देखिएको छ। अघिल्लो निर्वाचनपछि ओलीसँग गठबन्धन गरेर सरकार चलाएको कारण देशको आर्थिक तथा राजनीतिक अवस्थाको जिम्मेवारी कांग्रेसमाथि पनि आएको भन्दै मतदाताले असन्तुष्टि देखाएको विश्लेषण गरिएको छ। पार्टीका धेरै वरिष्ठ नेताहरू आफ्नो सिट जोगाउन संघर्षरत देखिएका छन्।
प्रचण्ड आफ्नै क्षेत्रमा मात्र अग्रता
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्रमा भने अग्रतामा छन्। तर उनको पार्टी नेपाली कम्युनिस्ट पार्टीका अन्य नेताहरूको स्थिति कमजोर देखिएको बताइएको छ। हालसम्म कुनै पनि नेता स्पष्ट जिततर्फ ढुक्क देखिएका छैनन्।
३६ वर्षपछि एकल बहुमतको सम्भावना
नेपालको २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १३८ सिट आवश्यक हुन्छ। रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक (११० सिट) दुवै प्रणालीबाट ठूलो समर्थन पाउने सम्भावना देखिएको छ। यदि यस्तो भयो भने ३६ वर्षपछि पहिलो पटक कुनै एक पार्टीले एक्लै बहुमतको सरकार बनाउने अवस्था बन्न सक्छ।
को हुन् बालेन शाह?
३५ वर्षीय बालेन शाह यसअघि र्यापर तथा काठमाडौ महानगरपालिकाका लोकप्रिय मेयरका रूपमा चिनिएका थिए। युवा आन्दोलनको प्रमुख अनुहारका रूपमा उभिएका उनले चुनाव प्रचारका क्रममा देशभर यात्रा गर्दै रोड–शो र जनसभामार्फत ठूलो समर्थन जुटाएका थिए। प्रारम्भिक मतगणनाले त्यही समर्थन मतमा परिणत भएको संकेत दिएको छ।
अन्तिम मतपरिणाम आज राति वा भोलि बिहानसम्म आउने अपेक्षा गरिएको छ।
भारतीय मिडिया आजतकले लेख्यो,नेपालमा बालेन शाहको सरकार! रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, ३६ वर्षपछि एक्लै बहुमतको सम्भावना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
