काठमाडौं चैत्र २,
नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेड का तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो द्वारा जारी प्रेस विज्ञप्तिअनुसार श्रेष्ठलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकेको थियो। अदालतको उक्त फैसला कार्यान्वयनका लागि फरार रहेका उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–५, सितापाइला क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बन्धित रहेर संस्थाको हितविपरीत तथा गैरकानुनी रूपमा कार्य गर्दै बैंकिङ कसुर गरेको आरोप पुष्टि भएपछि मुद्दा दायर गरिएको थियो। यसबारे अनुसन्धान तथा आवश्यक कारबाहीका लागि नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट पत्राचारसमेत भएको बताइएको छ।
यस सम्बन्धमा सर्वोच्च अदालत को २०८१ वैशाख ५ गतेको फैसलाअनुसार उनलाई विभिन्न दुई मुद्दामा क्रमशः ठूलो रकम जरिवाना र कैद सजाय तोकिएको थियो। अदालतले करिब १९ करोड ५६ लाख रुपैयाँभन्दा बढी र ३ करोड २१ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा कैद सजाय निर्धारण गरेको थियो। दुवै सजाय जोड्दा ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना हुने देखिन्छ।
फरार रहेका श्रेष्ठलाई पक्राउ गरेपछि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत मा पेश गरिएको CIB ले जनाएको छ।
२२ करोड जरिवाना तोकिएका नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सका पूर्व अध्यक्ष श्रेष्ठ पक्राउ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
गृहमन्त्री सुधन गुरुङ दिपक भट्टको कम्पनीको सेयर होल्डर, विचौलिया रामचन्द्र भट्ट पार्टनर !
पुर्ब जर्नेल बस्नेतको दावी : “रेन्जिन दोर्जे तेमालका राजा थिएनन्”सेन राजाका मिझार हुन्
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।