काठमाडौ जेठ ८

बिबिसी हिन्दीका अनुसार ‘ककरोच जनता पार्टी’ (सिजेपी) का संस्थापक अभिजीत दीपकेले सिजेपीको वेबसाइट बन्द गरिएको बताएका छन्।
अभिजीत दीपकेले शनिबार आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, “सरकारले हाम्रो चर्चित वेबसाइट बन्द गरिदिएको छ।”
“हाम्रो वेबसाइटमा १० लाख ककरोच सदस्य बनेका थिए। साथै ६ लाख ककरोचहरूले धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको याचिकामा हस्ताक्षर पनि गरेका थिए।”
उनले लेखेका छन्, “ककरोच कहिल्यै मर्दैनन्।”
यसअघि अभिजीत दीपकेले सिजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स अकाउन्टमाथि पनि रोक लगाइएको बताएका थिए।