काठमाडौं असार १

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेतृ उमा भुजेलमाथि कारबाही गरेको विज्ञप्ति शेयर गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेता  लेखनाथ न्यौपानेले  सामाजिक सञ्जालमार्फत महासचिव विप्लवलाई लक्षित गर्दै तीखो टिप्पणी गरेका छन्।
लेखनाथले बिप्लबको पार्टीभित्र एकपछि अर्को नेतामाथि कारबाही भइरहेको सन्दर्भ उल्लेख गर्दै लेखेका छन्, “विप्लव कमरेड ! अन्तिममा क्रान्ति सम्पन्न गर्ने एक्लो जिम्मा हुन्छ कि जस्तो पो देखियो त ?”
उनले थप टिप्पणी गर्दै भनेका छन्, “चौबिस क्यारेटको सुन थियो, तपाईंले खोटी देख्नुभयो भन्ने मेरो तर्क होइन।”
आजै बिप्लबले गोर्खा जेलब्रेकका कमान्डर समेत रहेकी उमा भुजेललाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको बिज्ञप्ति सार्बजनिक गरेका थिए ।

यो पनि

बिप्लबले उमा भुजेल माथि चलाए कार्बाहीको डण्डा