एजेन्सी
अफगानिस्तानको तालिबान शासनले पाकिस्तानका धेरै सैन्य ठेगानामाथि हमला गरेको दाबी गरेको छ। तीमध्ये रावलपिंडीस्थित पाकिस्तानी एयरफोर्सको महत्वपूर्ण एयर बेस नूर खान पनि समावेश छ। भारतले गत वर्ष मे महिनामा सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ का क्रममा नूर खान एयर बेसलाई निशाना बनाएको थियो। तालिबानको रक्षा मन्त्रालयले जनाए अनुसार  उसले आइतबार पाकिस्तानका सैन्य स्थलहरूलाई निशाना बनाएको हो, जसमा नूर खान एयर बेस, बलुचिस्तानको क्वेटास्थित १२औँ कोर, खैबर पख्तूनख्वाको मोहमंद एजेन्सीमा रहेको ख्वीजो मिलिट्री क्याम्प लगायत अन्य स्थानहरू समावेश छन्।
अफगानिस्तानको मिडिया आउटलेट टोलो न्यूजको रिपोर्टअनुसार रक्षा मन्त्रालयले भनेको  छ कि यी हमलाहरू शनिबार र आइतबार राति काबुल, बगराम र अन्य क्षेत्रमा पाकिस्तानले गरेको बमबारीको जवाफस्वरूप गरिएको हो। मन्त्रालयले दाबी गरेको छ ´यी हमलामा पाकिस्तानको सैन्य शासनलाई ठूलो क्षति पुगेको छ’।