काठमाडौ चैत्र ४
इरानले आफ्नो सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख अलि लारिजानीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। मंगलबार जारी गरिएको एक विज्ञप्तिमा परिषदले उनलाई “शहीद” घोषणा गर्दै इजरायली हवाई हमलामा उनको मृत्यु भएको जनाएको छ।
परिषदको वक्तव्यमा भनिएको छ, “शहीदहरूको पवित्र आत्माले ईश्वरका धर्मी सेवक, शहीद डा. अली लारिजानीको आत्मालाई अँगालो हालेको छ।” वक्तव्यमा थप उल्लेख गरिएको छ कि उक्त हमलामा उनका छोरा र अंगरक्षकहरू पनि मारिएका छन्।
इरानले उनलाई “इस्लामी क्रान्ति र देशको उन्नतिका लागि जीवनभर संघर्ष गर्ने योद्धा” को रूपमा चित्रण गरेको छ। वक्तव्यमा भनिएको छ, “जीवनभरको संघर्षपछि उनले आफ्नो लामो समयदेखिको आकांक्षा पूरा गरे, ईश्वरको पुकारको जवाफ दिए र सेवाको मार्गमै शहादत प्राप्त गरे।”
यसअघि इजरायलले दाबी गरेको थियो कि आफ्नो वायुसेनाले तेहरान नजिक लक्षित हवाई आक्रमण गरेर लारिजानीलाई मारिएको हो। इजरायलका रक्षा मन्त्री इजरायल काट्जले उक्त आक्रमणमा बसीज मिलिसियाका एक कमाण्डर पनि मारिएको बताएका छन्।
यो घटना पछिल्ला इरान इजरायल युद्धका क्रममा भएको हो, जसमा अमेरिका समेत संलग्न छ र क्षेत्रीय तनाव चरम अवस्थामा पुगेको छ।
इजरायलको हवाई हमलामा इरानी सुरक्षा परिषद प्रमुख मारिएको पुष्टि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
