ॐकाठमाडौ चैत्र ४,
भारतको उत्तर प्रदेशकोको राजधानी लखनऊमा सोमबार राति एयर इंडियाको दिल्ली बाट आएको उडानमा  हंगामा मच्चिएको छ। एक न्यायाधीशलाई दिइएको खानामा ढुसी परेको भेटेपछि  हंगामा भएको हो। यस विषयमा आपत्ति जनाउँदा एयरलाइनका कर्मचारीहरूले दुर्व्यवहार गरेको आरोप लगाइएको छ।
पीडित पक्षले सरोजनीनगर प्रहरी थानामा उजुरी दर्ता गराएको छ। इलाहाबाद हाई कोर्टका न्यायाधीश प्रशांत कुमार सोमबार दिल्लीबाट लखनऊ आउन एयर इन्डियाको उडान (AI-1720) मा सवार थिए। उक्त उडान राति ९:४० बजे लखनऊ पुग्ने तय थियो।
यात्राका क्रममा उनलाई दिइएको खानामा ढुसी  देखिएपछि उनले आपत्ति जनाए। तर, उनको आरोप अनुसार त्यसपछि एयरलाइनका कर्मचारीहरूले उचित व्यवहार नगरी दुर्व्यवहारपूर्ण प्रतिक्रिया दिएका थिए। यस घटनापछि उनले कानुनी प्रक्रिया अघि बढाउँदै प्रहरीमा औपचारिक उजुरी दिएका हुन्।
घटनाले हवाई सेवामा खाद्य सुरक्षा र यात्रु सेवाको गुणस्तरबारे गम्भीर प्रश्न उठाएको छ।