काठमाडौं चैत्र ४
अलजजिराका अनुसार इजरायल ले लेबनान को राजधानी बेरुतमा हवाई आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
रिपोर्टअनुसार बेरुतको बशोरा क्षेत्रमा रहेको एक भवनमा आक्रमण गर्दा ठूलो क्षति भएको छ। इजरायलले दक्षिण र पूर्वी लेबनानमा समेत आक्रमण तीव्र बनाएको छ, जसमा थप मानिसहरू मारिएका र घाइते भएका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता भएका आक्रमणमा ९०० भन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्। लाखौं नागरिक विस्थापित भएका छन्।
संयुक्त राष्ट्र संघ ले सर्वसाधारणलाई लक्षित आक्रमण युद्ध अपराध हुन सक्ने चेतावनी दिएको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।