काठमाण्डु चैत्र २५
भारतले अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामको स्वागत गर्दै यसले पश्चिम एसियामा शान्ति कायम गर्न सहयोग पुग्ने आशा व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयले बुधबार जारी वक्तव्यमा जारी द्वन्द्वले मानवीय संकट, ऊर्जा आपूर्ति र विश्व व्यापारमा असर पारेको उल्लेख गर्दै संवाद र कूटनीति नै समाधानको बाटो भएको बताएको छ।

भारतले विशेष रूपमा होर्मुज जलडमरू खुला राख्नुपर्नेमा जोड दिएको छ। विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुजमा अवरोध आए भारतसहित विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमण दुई साताका लागि रोक्ने घोषणा गरेपछि आएको हो।
भारतले स्पष्ट सन्देश दिएको छ,पश्चिम एसियामा शान्ति कायम गर्न युद्ध होइन, वार्ता आवश्यक छ।
