काठमाण्डु चैत्र २५
पुर्ब पर्यटन मन्त्री सुदन किरातीले दार्चुलामा पुल निर्माण अभियानको समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले जहाँ भए पनि दार्चुलामा पुल बन्नु राम्रो कुरा भएको बताएका हुन्।
श्रम संस्कृती पार्टीका अध्यक्ष एबम प्रतिनिधि सभा सदस्य हर्कराज राई साम्पाङले आज दार्चुलामा पुल सिलान्यास गरेपछि मिश्रति प्रतिक्रिया आइरहँदा किरातीको प्रतिक्रिया आएको हो।
किरातीले उक्त अभियानलाई पूर्व–पश्चिम नेपाली जनताको भावनात्मक सम्बन्ध जोड्ने प्रतीक को रूपमा व्याख्या गरेका छन्। उनले यसले जनताको तर्फबाट पनि विकासका काम गर्न सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गरेका छन्।
उनका अनुसार यो अभियान सामूहिक काम गर्ने नेपाली परम्पराको ज्वलन्त उदाहरण हो। साथै, उनले हरेक कुरामा सरकारकै मुख ताक्नु नहुने सन्देश पनि यसले दिएको बताएका छन्।
किरातीले प्रश्न गरेका छन्, “विरोध गर्नु पर्ने कुरा के छ र?”
