काठमाण्डु चैत्र २७,
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले आफ्नो उम्मेदवारलाई उपसभामुख पदमा समर्थन र मतदान गर्ने राजनीतिक दलहरू तथा सांसदहरूलाई धन्यवाद दिएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रास्वपा, नेपाली काङ्ग्रेस ,नेपाली कम्युनिस्ट पार्टीका नेतृत्व तथा माननीय सांसदहरूप्रति आभार व्यक्त गरेका हुन्।

उनले स्वतन्त्र सांसदहरूलाई पनि धन्यवाद दिँदै केही सांसद तटस्थ बसेको तथा अन्य उम्मेदवार खडा गर्ने राष्ट्रपतिप्रति समेत आभार प्रकट गरेका छन्।
आजै उनको पार्टीका २५ बर्षिय सांसद रुबिका ठाकुर प्रतिनिधि सभाका उपसभामुख निर्बाचित भएकी छन् ।
