काठमाण्डु चैत्र २८
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार पश्चिम एसियामा जारी तनावका बीच आज इस्लामाबादमा अमेरिका र ईरानबीच शान्ति वार्ता सुरु हुँदैछ। विश्वको ध्यान अहिले यस वार्तामा केन्द्रित छ।
दुवै देशले केही दिनअघि दुई हप्ताका लागि युद्धविराम घोषणा गरेका थिए, जसमा पाकिस्तानले महत्वपूर्ण मध्यस्थको भूमिका खेलेको थियो। अब स्थायी शान्तिको प्रयासस्वरूप यही वार्ता आयोजना गरिएको हो।
बार्तामा ईरानको प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अरघाचिले गर्नेछन्।यसका साथै: संसदका सभामुख मोहम्मद बाघेर घलिबाफ
,राष्ट्रिय सुरक्षा परिषदका सचिव अली अकबर अहमदीन,केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेम्मती,कूटनीतिज्ञ मजीद तख्त रवांच र सुरक्षा विज्ञ मोहम्मद बागेर जोल्घाद्र
उनीहरूको टोलीको नाम “मीनाब १६८” राखिएको छ, जुन एक विद्यालयमा भएको आक्रमणमा मारिएका १६८बालबालिकाको सम्झनामा राखिएको हो।
अमेरिकाको तर्फबाट उपराष्टपति जेडि भान्सको नेतृत्वमा चार सदस्यीय बार्ता टोलि रहेका छन् ।जारेड कुश्नर, विशेष दूत स्टीव विटकॉफवाइस एडमिरल ब्रैड कूपर रहेका छन्
मध्यस्थ राष्ट्रका रूपमा पाकिस्तानका
प्रधानमन्त्री शाहबाज सरिफ ,सेना प्रमुख असीम मुनीर,विदेशमन्त्री इशाक डार
राष्ट्रिय सुरक्षा सल्लाहकार मोहम्मद असीम मलिक पनि रहनेछन् ।
