काठमाडौं चैत्र ३०,
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य हर्कराज राई साम्पाङले सामाजिक सेवामूलक अभियानअन्तर्गत ‘हर्क साम्पाङ रेक्यु एण्ड हेल्प फाउन्डेसन ’ स्थापना गर्ने घोषणा गरेका छन्।
साम्पाङले देशका गरिब, असहाय तथा विपन्न नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले फाउन्डेसन स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। उनका अनुसार फाउन्डेसनमार्फत गरिबहरूको उपचार, बेघरलाई घर निर्माण, अनाथ बालबालिकालाई साहारा र पुनःस्थापना, तथा विकट दुर्गम क्षेत्रमा खानेपानी, पुललगायत आधारभूत पूर्वाधार निर्माण गरिनेछ।
आज सामाजिक संजालमा उक्त कुरा जानकारी दिएका छन् । धरानको मेयर निर्बाचित भएपछि श्रमदानद्वारा आफुलाई अलग पहिचानका साथ राष्ट्रिय राजनीतिमा उदाएका साम्पाङको टोलि अहिले दार्चुलामा झोलुङ्गे पुल निर्माणमा खटिएका छन् ।
