काठमाडौ चैत्र २,

सयुक्त अरब इमिरेट्स (दुबईका) अधिकारीहरूले सबै यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अस्थायी रूपमा निलम्बन गरिएको बताएका छन्।

बिबिसी हिन्दीका अनुसार यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका थिए। उक्त आगो “ड्रोनसँग सम्बन्धित घटना” का कारण इन्धन ट्याङ्क प्रभावित भएपछि लागेको बताइएको छ।
यात्रुहरूलाई आफ्नो उडान सम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न सल्लाह दिइएको छ।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इरानबीच युद्ध सुरु हुनुअघि दुबई विमानस्थल अन्तर्राष्ट्रिय यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त विमानस्थल थियो। सन् २०२५ मा मात्र यहाँ करिब ९ करोड यात्रुले यात्रा गरेका थिए।