काठमाडौ चैत्र २,
भारतीय मूलकी विश्व चर्चित अभिनेत्री प्रियंका चोपडाले एकेडेमी अवार्ड २०२६ का केही विशेष तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत अवार्ड समारोहका रेड कार्पेट तथा पर्दापछाडिका केही झलकहरू सेयर गरेकी हुन्। उनले पोस्टमा “And the Oscar goes to…” लेख्दै अवार्ड रातका विशेष क्षणहरू प्रशंसकसँग बाँडेकी छन्।
सार्वजनिक भएका तस्बिरहरूमा उनी आकर्षक गाउनमा रेड कार्पेटमा उपस्थित भएको देखिन्छ। उनको ग्ल्यामरस लुक र स्टाइलले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।
हलिउडमा सक्रिय प्रियंका चोपडा अन्तर्राष्ट्रिय मनोरञ्जन उद्योगमा प्रभावशाली दक्षिण एसियाली कलाकारका रूपमा परिचित छन्। उनले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउँदै विश्व मनोरञ्जन क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएकी छन्।
