काठमाडौ चैत्र १,
बिबिसी हिन्दीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको मृत्यु भएको भन्ने अफवाह सामाजिक सञ्जालमा फैलिएका बेला इरानको शक्तिशाली सैन्य संगठन ईस्लामिक रेभ्युलेश्नरी गार्ड (आईआरजीसी) ले कडा चेतावनी दिएको छ।
आईआरजीसीले एक बयान जारी गर्दै नेतन्याहूलाई “बालबालिकाको हत्यारा” भन्दै यदि उनी जीवित छन् भने उनीहरूको खोजी गरेर मारिने चेतावनी दिएको हो।
यो बयान इरानको दक्षिणी शहर मीनाबमा रहेको एक बालिका विद्यालयमा भएको आक्रमणपछि आएको हो। इरानका अनुसार उक्त हमलामा १६० भन्दा बढी मानिस मारिएका थिए, जसमा धेरै छात्रा र विद्यालयका कर्मचारीहरू पनि थिए। घटनापछि इरानभरि ठूलो आक्रोश देखिएको थियो।
यसबीच नेतन्याहूको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो। १३ मार्चमा नेतन्याहूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनको हातमा छ वटा औँला देखिएको भन्दै केही प्रयोगकर्ताले उक्त भिडियो एआईबाट बनाइएको दाबी गरेका थिए। त्यसपछि नेतन्याहू मरेको भन्ने अफवाह फैलिन थालेको हो।
तर इजरायली प्रधानमन्त्री कार्यालयले यी सबै दाबीलाई झुटो र भ्रामक भएको बताएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार नेतन्याहू पूर्ण रूपमा सुरक्षित छन् र उनले हालै पनि देशलाई सम्बोधन गरिरहेका छन्।
विशेषज्ञहरूका अनुसार भिडियोमा छ वटा औँला देखिनु क्यामेराको कोण, गति र दृश्य भ्रम का कारण हुन सक्छ।
नेतन्याहूको मृत्युको अफवाह फैलिएको भए पनि उनी अहिले पनि सक्रिय रूपमा सैन्य र राजनीतिक बैठकहरूमा सहभागी भइरहेका छन्। विश्लेषकहरूका अनुसार युद्धको समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना छिटो फैलिने भएकाले यस्ता अफवाहहरू बारम्बार देखिने गर्छन्