तेहरान: चैत्र २,
इरानले इजरायल र अमेरिकासँग चलिरहेको युद्धमा पहिलो पटक आफ्नो अत्याधुनिक बैलिस्टिक मिसाइल सेज्जिल मिसाइल प्रयोग गरेको छ। इरानले आइतबार इजरायललाई लक्ष्य बनाएर यो मिसाइल प्रहार गरेको हो। यो मिसाइल इरानबाट उडेर करिब ७ मिनेटमै तेल अवीव पुग्न सक्छ। वायु–रक्षा प्रणालीका लागि पनि यसलाई रोक्न कठिन मानिन्छ।
हालसम्म यस आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने स्पष्ट जानकारी आएको छैन। तर इरानले यस्तो शक्तिशाली मिसाइल प्रयोग गर्नु युद्ध अझ तीव्र बन्ने संकेत मानिएको छ।
‘डान्सिङ मिसाइल’ किन भनिन्छ?
सेज्जिललाई अशूरा वा “डान्सिङ मिसाइल” पनि भनिन्छ।
यसलाई यस्तो नाम दिइएको कारण यो उचाइमा पुगेर म्यानुवर (दिशा परिवर्तन) गर्न सक्ने क्षमता राख्छ।
यो मिसाइलका मुख्य विशेषताहरू:
दुई चरण भएको बैलिस्टिक मिसाइल
ठोस इन्धन प्रयोग हुन्छ
ठोस इन्धन भएकाले छिटो प्रक्षेपण गर्न सकिन्छ
प्रक्षेपण अघि पत्ता लगाउन कठिन
वायु रक्षा प्रणालीले रोक्न कठिन
२,००० किलोमिटरको दूरी
सेज्जिल एक मध्यम दूरीको बैलिस्टिक मिसाइल (MRBM) हो। यसको करिब २,००० किमी दूरी छ।
यसले इजरायलसहित पश्चिम एशियाका धेरै देशमा आक्रमण गर्न सक्छ र युरोप तथा एशियाका केही भागसम्म पनि पुग्न सक्छ।
रणनीतिक अध्ययन संस्था सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेशनल का अनुसार:
लम्बाइ: करिब १८ मिटर
व्यास: १.२५ मिटर
प्रक्षेपण वजन: २३,६०० किलोग्राम
पेलोड क्षमता: ७०० किलोग्राम
इरानले यस मिसाइलको पहिलो परीक्षण सन् 2008 मा गरेको थियो।
इरान–इजरायल युद्ध १७ औं दिनमा
इरान र इजरायलबीचको युद्ध २८ फेब्रुअरीबाट सुरु भएको थियो। युद्ध अहिले १७ औं दिन मा प्रवेश गरेको छ।
रिपोर्टका अनुसार:
इजरायल–अमेरिका आक्रमणपछि इरानका सर्वोच्च नेता अलि खामेनेइ सहित केही शीर्ष नेताको मृत्यु भएको दाबी गरिएको छ।
त्यसपछि दुवै पक्षबाट लगातार मिसाइल र ड्रोन आक्रमण भइरहेका छन्।
इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको छ।
विभिन्न रिपोर्ट अनुसार युद्धमा करिब २,००० जनाको मृत्यु भइसकेको बताइएको छ।
यस युद्धका कारण इरान र लेबनानमा ठूलो जनधनको क्षति भएको छ।
इरानले इजरायल माथि पहिलोपटक प्रहार गर्यो खतरनाक मिसाइल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रेन्डिङ
बंगलादेशसँग विश्वकै सबैभन्दा ठूलो सेना, भारत चौथो स्थानमा
कारागार प्रशासनले भन्यो ´६० किलो सुन तस्करीका अभियुक्त दावा छिरिङ फरार नै छन्`
बालेन सरकारलाई जस्मिनको चेतावनी, सम्पत्ति विवरण सार्वजनिक गर!
